Below Menu
Below Menu

उर्जा नीति निर्माणको सबै जिम्मेवारी मन्त्रालयले लिन आवश्यक: अध्यक्ष कार्की

उर्जा नीति निर्माणको सबै जिम्मेवारी मन्त्रालयले लिन आवश्यक: अध्यक्ष कार्की

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् क्षेत्रको नीतिमा सुधार आवश्यक रहको बताएका छन् । उर्जा नीति निर्माणको सबै जिम्मेवारी मन्त्रालय लिन आवश्यक रहेको समेत उनले बताए ।

वातावरण प्रभाव मूल्याकंनः प्रक्रिया, उपदेहिता र दीर्घकालीन महत्व सम्बन्धि इप्पानले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले भने, ‘उर्जा उत्पादनका लागि हामीले लिएको लक्ष्य पूरा गर्नका लागि यस क्षेत्रको समस्या समाधान गर्नुपर्छ ।’

भारतसँग बिजुली बेच्ने सम्झौतापछि देश उर्जामय बनेको बताउँदै कार्कीले सरकार पनि सोही अनुसार अगाडि बढेको बताए । 

‘अबको लगानी गर्ने क्षेत्र नै उर्जा हो । त्यो देखिएको छ । उर्जा आयोजनाहरु आफू मात्रै अगाडि बढेको हुँदैन । यो सँगै देश विकासमा पनि टेवा पुर्याउने गरेको छ’, उनले भने, ‘जलविद्युतको लाइसेन्स लिएर हामीले विभिन्न नीति नियम मानेर लिएका हुन्छौं । तर, बीचमै नीति नियम फेरिने गरेको छ । यसले गर्दा लगानिकर्ताहरु समस्यामा पर्ने गरेका छन् ।’

नीतिले जग्गा पहिले नै किन्नु पर्ने बाध्यता बनाएको अध्यक्ष कार्कीले बताए । हामी बिजुली उत्पादन गर्ने की भाग्दै हिँड्ने भन्ने अहिलेको जलविद्युत क्षेत्रका लगानीकर्ताहरुलाई परेको उनले बताए । उर्जा विकासका लागि मन्त्रालयले ठोस कदम चाल्नुपर्ने उनको भनाई छ । नीति निर्माणका लागि सबै जिम्मेवारी उर्जा मन्त्रालयले लिएर नीति निर्माणमा एकद्वार प्रणाली लागू गर्न अध्यक्ष कार्कीको आग्रह छ ।

Advertisment

थप समाचार