काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९०.७१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब १० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज गोर्खाज फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सिद्धार्थ बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज रु रु जलविद्युत परियोजनाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment