Below Menu
Below Menu

‘जलाशय युक्त आयोजनामा लगानी गर्न आउनुस, सरकारले थप सहुलियत दिन्छ’

‘जलाशय युक्त आयोजनामा लगानी गर्न आउनुस, सरकारले थप सहुलियत दिन्छ’

अहिलेको जलवायु परिवर्तनले पारेका नकारात्मक पक्षका बारेमा व्यापक रुपमा छलफल गरिरहेका छौं । जलवायु परिवर्तनको नियमित प्रक्रियासँग जुध्नका नीम्ति समग्र क्षेत्रमा नीतिगत, संरचनागत, कानुनी व्यवस्था र सामाजिक मूल्यको दृष्टिले पनि अब हामी अनुकृलित ढंगले अघि बढ्नुपर्छ ।

अर्थतन्त्रको दृष्टिले हेर्दा सामान्य कार्यक्रमकोे रुपमा मात्र नभएर अब विकासका मोडलमा जानुपर्छ । आर्थिक विकासका विभिन्न मूल्य मान्यताहरुको विषयमा चर्चा भइरहेको छ । हरित अर्थतन्त्रको कुरामा जाँदा सामाजिक पक्षहरुको बारेमा पनि चर्चा हुन थाल्यो । यसको गहनताका बारेमा परिस्थिति समय र सन्दर्भबाट एक हदसम्म निश्चित हुने गर्छ ।

विकासको समग्र दृष्टिबाट हरित विकासमा स्वभाविक ढंगले यसको महत्व अझै बढिरहेको छ । जलवायु परिवर्तनको असर नकारात्म रुपमा परेको देशमा नेपालको नाम अगाडी आएको छ । यसले गर्दा पनि हरित अर्थतन्त्रको प्रसंग विशेष चर्चा गर्नुपर्ने आवश्यकता रहेको छ । मुलुको आर्थिक विकासका निम्ति हामीले कस्तो नीति अवलम्वन गर्छौ भन्ने कुराले पनि अर्थ राख्छ ।

हामीसँग्ग भएका स्रोत र साधनहरुको अधिकताम उपभाग हुन सकेको छैन । जुन देशले आफूसँग भएको स्रोतको सही ढंगले सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा असर परिरहेको हुन्छ । जलस्रोतको धनी देश भनिरहेका छौं । आर्थिक विकासको अभियानमा स्रोत र साधनहरुको व्यवस्थित ढंगले सदुपयोग गर्नका लागि र हाम्रो आर्थिक विकासका र समृद्धि हासिल गर्दै अघि बढ्नुपर्छ ।

ग्रीन हाइड्रोजनको विषय आवश्यक रहेको छ । यसको र्चा गर्न ढिलाइ भइसकेको छ । अब हामीले यसमा अझ बढी केन्द्रीत भएर छलफल र बहस गरेर अघि बढ्नुपर्छ  र बजेट र नीति तथा कार्यक्रममा पनि जोडेर जानुपर्छ । हाम्रा सा्रेत र साधनहरुको अधितम कसरी प्रयोग गर्न सकिन्छ र समग्र आर्थिक विकासलाई कसरी सहजता प्रदान गर्न सकिन्छ भन्ने लगायतका विषयहरु आउँछन् । 

परिस्थितिले केही आवश्यकता र सम्भावनाहरुलाई पैदा गर्छ । समस्या र सम्भावनाहरु पहिला जन्मिछन् हाम्रा चेतनाले त्यसलाई कति ग्रहण गर्छ । आर्थिक विकासको रुपान्तरणका सन्दर्भमा हामीे विस्तृत चर्चा गछौं । यसका निम्ति धेरै प्रयासहरु हुँदै आएका छन् । नीति र कानुनहरु बनिरहेका छन् । 

हाम्रा नीतिहरु पढ्दा, सुन्दा धेरै मिठो लाग्ने खालका छन् । तर, त्यसको कार्यान्वयनमा जाने बेलामा धेरै चुनौतीहरु भोगिरहेका छौं । नीति राम्रा हुने र कार्यान्वयनमा केही सिमितता देखा पर्ने कुराको ज्ञान कहाँनेर छ भनेर हेर्दा नीति र कानुन बनाउँदा डाटाहरु अधिकांश सेकेन्डरी डाटा प्रयोग गरेका हुन्छौं । तसर्थ नीति र कानुन बनाउँदा पनि रिसर्च बेसमा बनाउनुपर्नेछ । 

अहिले विश्वव्यापी रुपमा जलवायु परिवर्तन एउटा इस्युको रुपमा देखा परेको छ । यसले समग्र विश्व मानवजातिलारुर्य प्रभावित गरेको छ । यसलाई फेस गर्न पनि ग्रिन हाइड्रोजनका बारेमा सोच्नुपर्ने स्थिति आएको छ भने अर्कोतिर हाम्रो स्रोतको अधिकतम प्रयोग गर्नका लागि पनि ग्रीन हाइड्रोजनलाई प्राथमिकतामा राख्नुपर्नेछ । सरकारले पनि यसको महत्व र आवश्यकतालाई प्राथमिकताका साथ कार्यक्रममा पनि सूचीकृत गरेको छ । 

ग्रीन हाइड्रोजन नीति २०८० पारित भएको छ । अब एउटा मूल ढोका खुलिसकेको छ  । नयाँ युगको थालनीका लागि मजबुत आधार तय गरेको छ । अब यसले अरु संरचनागत कानुनको माग गर्छ । सरकारले यसलाई लिड गर्छ । समय गतिमान छ गतिशिल समयको प्रवाहमा समाजका आवश्यकता पनि गतिमान हुँदै जान्छन् । यी आवश्यकतादाई गतिमान गर्न नीति, कानुन र योजना भइरहनुपर्दछ ।  सामाजिक मूल्यहरु जे बन्छन् । त्यो परिवेश र परिस्थितिमा मिश्रित भएका हुन्छन् । जो अर्को परिवेश र परिस्थितिसँग नमिल्न सक्छ । 

बदलिएको परिवेशलाई मिड गर्ने ढंगले हाम्रा सामाजिक मूल्य मान्यता विधि र विधानलाई परिष्कृत गर्दै लानुपर्छ । देशको आवश्यकतालाई बोध गरेर सरकारले ग्रीन हाइड्रोजनको नीति बनायो । तर, यो पर्याप्त छैन ।

हाइड्रोजन नीति २०८०  निजी क्षेत्रको सहभागिता र पहलकदमीलाई प्रवद्र्धन गर्ने दृष्टिले नै बनेको छ । समग्रमा सरकार र निजी क्षेत्रले ग्रीन हाइड्रोजनका विषयमा जहाँ जे गर्नका लागि पनि त्यसको उत्पादन उपयोग, समग्र व्यवस्थापन र व्यवस्थापन भित्र आइपुग्दाको व्यापार, निर्यात सबै सम्बन्धी नीतिले बोेलेको छ । 

नीतिमा संस्थागत व्यवस्थाको आवश्यकता र नीतिलाई कार्यान्वयन गर्नका लागि  निजी क्षेत्रको सहभागिता र स्रोतको आवश्यकताका बारेमा पनि उल्लेख छ । सबै कुरालाई शुत्रको रुपमा आएका छन् । निजी क्षेत्रसँग सरकारले पनि साझेदारी गर्नुपर्नेछ ।

यति हुँदा हुँदै पनि यथार्थमा ग्रीन हाइड्रोजनको एजेन्डा नेपालमा नयाँ एजेन्डाको रुपमा रहेको छ । यसलाई अझ प्रभावकारी ढंगले अगाडी लैजानका लागि विश्व विद्यालयहरुसँग छलफल पनि गर्ने गरेका छौं । विश्व विद्यालयसँग साझेदारी गरेर अघि बढ्न सरकारले पनि ध्यान दिन्छ । 

२०८० नीति निर्माणको वर्ष रह्यो । अब २०८१ मा संस्थागत व्यवस्था गरी कार्यान्वयनमा नतिजा देखिन ढंगले अगाडी लान्छौं । यो एजेन्डालाई सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा नजिकबाट हेरिहेका छौं । 

हामीले आजसम्म ३३ सय मेगावाट विद्युत उत्पादन गरेका छौं । यो सबै नदि प्रवाहमा आधारित हो । जलाशयुक्त उत्पादनलाई नविकरणीय उर्जा मान्ने की नमान्ने यसले उत्पादन गरेको इनर्जीको तुलनानै हुँदैन । आरओआर पनि नविकरणीय नै हो । यो योगदानलाई हामीले नै मिनमाइज गरिहेका छौं । यो भाष्यलाई बदल्नुपर्छ । 

अहिले नेपालमा ग्री हाइड्रोजनको बारेमा चर्चा गरिहेका छौं । यसको महत्व कुन क्षेत्रमा कति छ भन्ने कुरा बहस गर्न आवश्यक छ । नेपालमा जलविद्युतको उपभोग वर्षायाम र हिँउदमा एउटै प्रकृतिको छ ।

तर, वर्षायाम र हिउँदको उत्पादनको ट्रेन भने फरक छ । वर्षायामको तुलनामा र हिउँदमा तीन गुणा विद्युत उत्पादन हुन्छ । यसले गर्दा पनि हिँउदमा हाम्रो उत्पादलनले उपभोग गर्न पुगेको छैन भने वर्षायाममा बेच्नुपर्ने बाध्यता छ । ग्रीन हाइड्रोजनलाई हिउँदयाममा इनर्जीकै रुपमा प्रयोग गर्न यसको महत्व छ । 

यसको उपयोगिताको बारेमा अब हामीले कसरी अगाडी लैजाने भन्ने विषयमा छलफल गरिरहेका छौं । हामी तत्काल डेडिकेटेड युनिट खडा गछौं । यसको कानुन निर्माणका लागि काम गरिहेका छौं । नीतिले माग गरेको छ । छिटो भन्दा छिटो यसको कानुनी व्यवस्था गर्छौ । 

नेपालको आर्थिक समृद्धिमा जलस्रोतले महत्वपुर्ण टेवा पुर्याउँछ । जलविद्युुत्को क्षेत्र सेवा र पूर्वाधारको क्षेत्र मात्र होइन । आर्थिक क्षेत्रको रुपमा पनि प्रकट भइरहेको छ । यसलाई व्यापारको क्षेत्रमा लगिरहेका छौं । १६औं योजनामा पनि यसलाई प्राथमितामा राखेका छौं ।

वर्षायाम र हिउँदमा हुने विद्युत उत्पादनको ग्यापलाई पुरा गर्न जलाशय युक्त आयोजनामा जानुपर्छ । यसकालाई विद्युत विद्येयकमा पनि व्यवस्था गरेका छौं ।  जलाशय युक्त आयोजना नेपालको प्राथमिताको आयोजना हो । यस्ता आयोजनाका लागि विशेष व्यवस्था गर्न लागिरहेका छौं । जलाशय युक्त आयोजना आउनुहोस् आरओआर भन्दा विशेष सहुलियत दिन्छ सरकारले । जलाशय युक्त आयोजनामा लगानी गर्न आउनुपर्यो । (ग्रीन हाइड्रोजन संम्वाद कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले राखेको विचार) 

Advertisment

थप समाचार