पोखरा : कास्कीका सहकारीका पीडितहरूले संयुक्त रूपमा आन्दोलनमा जाने निर्णय गरेका छन् ।
६ वटा सहकारी पीडितहरु भेला गरी ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ गठन गरेका छन् । पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ। यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त रूपमा जाने निर्णय गरेका हुन्।
सूर्यदर्शन सहकारी पीडित किरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । संघर्ष समितिको भेलाले अर्को साता पोखरामा बृहत प्रदर्शनी गर्ने निर्णयसमेत गरेका छन् ।
सहकारी पीडितको बचत फिर्ता गर्न भन्दा पनि सरकार र पार्टीहरूले पदको सौदाबाजीमा लागेकाले आन्दोलनमा जानुपरेको बताएका छन् ।
Advertisment