काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। शुक्रबार नेप्सेले सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेका अनुसार सूर्यज्योति लाइफको १०.२६ प्रतिशत बोनस पछिको शेयरमूल्य ४५७.५७ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५०४.७० रुपैयाँमा भएको थियो ।
त्यस्तै प्रभुइन्स्योरेन्सको .।७५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य ७३७.४७ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७७२.५० रुपैयाँमा भएको थियो ।
Advertisment