Below Menu
Below Menu

सानिमा जिआइसी इन्स्योरेन्सको साढे तीन करोड कित्ता शेयर बिक्रीमा 

सानिमा जिआइसी इन्स्योरेन्सको साढे तीन करोड कित्ता शेयर बिक्रीमा 

काठमाडौं : सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले साढे तीन करोड कित्ता शेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

कम्पनीको शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउनेछन् । शेयरको मूल्य प्रतिकित्ता १८६ रुपैयाँ तोकिएको छ । इन्स्योरेनसको खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल, नागपोखरी, नक्साल काठमाडौंमा के कति शेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार