Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, परिसूचकसँगै बढ्यो कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज गोर्खाज फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १० करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा दोल्ती पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्यमा ७ प्रतितश भन्दा बढीले घटेको छ ।

Advertisment

थप समाचार