Below Menu
Below Menu

शौर्य सिमेन्टको व्यापार ७ अर्ब माथि, छ महिनामै गर्यो साढे २ अर्बको व्यापार 

शौर्य सिमेन्टको व्यापार ७ अर्ब माथि, छ महिनामै गर्यो साढे २ अर्बको व्यापार 

काठमाडौं : शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सन् २०२३ मा ७ अर्ब भन्दा बढीको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीले यस अवधिमा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । 

सन् २०२२ को तुलनामा भने कम्पनीको व्यापार झण्डै साढे तीन करोडले घटेको छ । सन् २०२२ मा कम्पनीले ७ अर्ब ४३ करोडको व्यापार गरेको थियो भने सन् २०२१ मा २ अर्ब ६३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

प्रिमियममा प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको कम्पनीले चालु आवको छ महिनामा मात्रै २ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

कम्पनीले बैंक कर्जाका लागि १४ अर्ब १ करोड ८६ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जामा १० अर्ब ८५ करोड ८६ लाख र अल्पकालिन कर्जाका लागि ३ अर्ब १६ करोडकाे रेटिङ पुनः पुष्टि गराएको हो । 

कम्पनीमा शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहको छ । मिर्चैयामा यसको उत्पादन प्लान्ट रहेको छ भने कुल स्थापना क्षमता ३ हजार टन प्रतिदिन (टीपीडी) छ । 

शौर्य सिमेन्टले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १६४.५१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले एक करोड ५९ लाख ८१ लाख ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो । शौर्य सिमेन्टको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
 

Advertisment

थप समाचार