Below Menu
Below Menu

अर्थसचिवमा फेरी फर्किए मधु मरासिनी 

अर्थसचिवमा फेरी फर्किए मधु मरासिनी 

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मधुकुमार मरासिनीलाई अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सचिवको जिम्मा मरासिनीलाई दिने निर्णय गरेको हो । 

नेसनल पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

अर्थ मन्त्रालयको लामो अनुभव सँगालेको मरासिनी यसअघि पनि अर्थ मन्त्रालयको सचिव भइसकेका छन् । सरकारले बजेटकै मुखमा अर्थ सचिवको सरूवा गरेको हो । अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । 

Advertisment

थप समाचार