Below Menu
Below Menu

टिकेन शेयर बजारको उत्साह, परिसूचकसँगै खुम्चियो कारोबार 

टिकेन शेयर बजारको उत्साह, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १२.२९ अंकले बढेर १९८४.८३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज गोर्खाज फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा पिपुल्स पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतितश भन्दद बढीले बढेको हो । आज दोल्ती पावर कम्पनीको शेयरमूल्यमा ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

Advertisment

थप समाचार