काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष शेखर गोल्छाले रूग्ण उद्योग सञ्चालन गर्न सरकारले खर्च गर्न आवश्यक नरहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजे अन्तर्किया कार्यक्रममा बोल्दै उनले
रूग्ण उद्योग सञ्चालनमा खर्च गर्नु बालुवा पानी खन्याउनु जस्तै रहेको बताए।
शिथिल अर्थतन्त्रले सरकारको मनोबल खस्किरहेको बताउँदै उनले रूग्ण उद्योग सञ्चालनमा सरकारले खर्च गर्न नसक्ने बताए। सरकारको मनोबल बढेमात्रै विकास खर्च बढ्ने उनको भनाई छ।
अहिलेको अर्थतन्त्र सुधारका लागि फरक खालको बजेट आउनुपर्ने उनको भनाई छ।
Advertisment