Below Menu
Below Menu

नेप्सेमा थपियो साढे १२ लाख कित्ता बोनस शेयर 

नेप्सेमा थपियो साढे १२ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे १२ लाख कित्ता बोनस शेयर थपिएको छ । बुधबार नेप्सेले एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२ लाख ४१ हजार ६४२ दशमलव ३४ कित्ता शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्सको ५.५ प्रतिशत बोनसपछिको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता शेयर सूचीकृत भएको हो । 

त्यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ प्रतिशत बोनसपछिको ४ लाख ३९ हजार ४० दशमलव ६५ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।  

Advertisment