Below Menu
Below Menu

न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भन्नेहरुले अहिले फुटपाथको बिरोध गरिरहेका छन्: बालेन

न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भन्नेहरुले अहिले फुटपाथको बिरोध गरिरहेका छन्: बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) ले न्युरोडमा सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्नेहरुले फुटपाथ बढाउँदा बिरोध गरिरहको भन्देै टिप्पणी गरेका छन् । 

मेयर बालेनले सामाजिक सञ्जालमा स्टटाटस लेख्दै भनेका न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेको बताएका छन् ।

‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’, उनले भनेका छन् ।  

सडक डिभिजन कार्यालयले फुटपाथ विस्तारका लागि भत्काएको सडक बनाउन काठमाडौं महानगरपालिकालई दुई दिनको अल्टिमेटम दिएको थियो । अनुमति बिना सडक काटेको भन्दै डिभिजनले महानगरलाई पुनःस्थापना गर्न भनेको हो ।

डिभजन प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई पत्रमा गत जेठ १२ गते बिनासहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले सडक खन्ने तथा भत्काउने काम गरेको उल्लेख छ ।

तर, सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएको समय पूरा भएको दिन नै महानगर प्रमुखले विभागलाई मापदण्ड स्मरण गराएका छन् ।

उनले लेखेका छन्, ‘सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।’ 

‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ’ उनको भनाई छ । 

यसका साथै उनले विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन एकजुट बन्न आग्रह गरेका छन् । 

यस्तो छ बालेनको स्टाटस 
एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?

न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् ।

सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ? 

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।  

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।
 

Advertisment

थप समाचार