Below Menu
Below Menu

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

क्यानलाई ६० लाख सहयोगको घोषणा

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

काठमाडौं : सीजी फुड्स नेपाल लिमिटेडले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

सीजी फुड्सले नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुने कम्पनीको दाबी छ । 

वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउने विश्वास पनि कम्पनीले गरेको सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले बताए ।

साथै, सीजी फुड्सद्वारा अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख सहयोगको घोषणा गरेको छ । विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि ३० लाख गरि जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने भएको हो ।

कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ वाइ आगामी दिनहरुमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहने चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले बताए ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर-८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरि सकेको छ ।

Advertisment

थप समाचार