Below Menu
Below Menu

देउराली सहकारी प्रकरण: तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ पक्राउ

देउराली सहकारी प्रकरण: तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ पक्राउ

काठमाडौं : ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी प्रकरणमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित थप ८ जना पक्राउ परेका छन् । 

देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र उक्त ऋण डुबेको आरोपमा बैंकका अध्यक्षसहित कर्मचारीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र शिव रिसाल छन् । प्रहरीले यसअघि गत फागुन १५ गते बैंकका १० जना कर्मचारीलाई पक्राउ गरेको थियो । उनीहरु हाजिरी जमानीमा यसअघि नै छुटिसकेका छन् ।

बैंकले दिएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ ओभर भ्यालुएसन भएको प्रहरीको अुनसन्धानमा देखिएको छ । सेञ्चुरी बैंकले देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको कम्पनीहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरेको थियो । बैंकले त्यसबेला करिब दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ ऋण दिइएको थियो ।

सहकारीका अध्यक्ष चौलागाईं गत असोज १७ गते पक्राउ परेका छन् ।

Advertisment

थप समाचार