Below Menu
Below Menu

प्राइम सहकारी प्रकरण: अध्यक्षसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

प्राइम सहकारी प्रकरण: अध्यक्षसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

कास्की : पोखरा महानगरपालिका वडा नम्बर-४, ग्रैह्रपाटनमा रहेको प्राइम सहकारी संस्थाको रकम हिनामिना अभियोगमा जिल्ला अदालतले सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले संस्थाका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा र उत्तम मगरलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

त्यस्तै मनबहादुर गुरुङ (माने) र राष्ट्रिय सहकारी बैंक कास्कीका पूर्व प्रबन्धक सन्तोष घिमिरे धरौटीमा छाड्न आदेश दिएको छ । गुरुङलाई ३५ लाख रुपैयाँ र घिमिरेलाई एक लाख रुपैयाँ धरौटी छाड्न आदेश दिएको हो । गुरुङले धरौटी रकम बुझाएर रिहा भएका छन् भने घिमिरे अर्को सहकारी (मित्र मिलन बचत तथा ऋण सहकारी संस्था) ठगी मुद्दामा कारागारमै छन् ।

सहकारी प्रकरणमा गण्डकी प्रदेशका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालिन प्रमुख एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी, तत्कालित डिभिजन सहकारी कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी, संघीय सहकारी विभागका सन्देशप्रसाद जोशीसमेत मुछिएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जेठ २७ गते ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । बलराम चापागाईँ समेतको जाहेरीले ६५ जनालाई प्रतिवादीसँग आठ देखि १० वर्षसम्म कैद सजाय तथा एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको छ । ५६ जना अझै फरार छन् ।

Advertisment

थप समाचार