Below Menu
Below Menu

सामान्य अंकले घट्यो शेयर बजार, चार अर्ब ३७ करोडको कारोबार

सामान्य अंकले घट्यो शेयर बजार, चार अर्ब ३७ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १०.४४ अंकले घटेर २०७०.७६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज माउन्टेन इनर्जी नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज ग्लोबल आइएमई लघुवित्तको  शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

Advertisment