काठमाडौं : किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार असार २७ गतेदेखि हुने भएको छ । यी दुई लघुवित्त एक आपसमा मर्ज भइ एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार रोक्का गरेको छ।
दुई लघुवित्तले मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन्। सोही प्रयोजनार्थ ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का गरिएको हो।
एकीकृत कारोबारका लागि दुई लघुवित्तले गत जेठ २९ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएका थिए ।
Advertisment