काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४९ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
इन्स्योरेन्सले संस्थापक शेयरधनी जनार्दन पन्तको नाममा रहेको ३३ हजार १३७ कित्ता, अन्जु पाण्डेको १६ हजार ५ सय ८६ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य २४० रुपैयाँ तोकिएको छ।
कम्पनीको शेयर खरिदका लागि इन्छुक संस्थापक शेयरधनीहरुले ३५ दिभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको काठमाडौंको सुन्धारास्थित प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।
Advertisment