Below Menu
Below Menu

झिनो अंकले सुधारियो शेयर बजार, पाँच अर्ब नाघ्यो कारोबार 

झिनो अंकले सुधारियो शेयर बजार, पाँच अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

Advertisment