Below Menu
Below Menu

नेप्से परिसूचकको वृद्धि कायमै, कारोबार रकम ४ अर्ब १८ करोडमा समेटियो 

नेप्से परिसूचकको वृद्धि कायमै, कारोबार रकम ४ अर्ब १८ करोडमा समेटियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.६० अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.२१ अंकले बढेर २०६२.९४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढे पनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ग्लोबल आईएमई बैंक डिबेञ्चर र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment