Below Menu
Below Menu

स्थानीय तह कर्मचारी युनियन नेपाल बहुउद्देश्यीय सहकारी खारेज 

स्थानीय तह कर्मचारी युनियन नेपाल बहुउद्देश्यीय सहकारी खारेज 

काठमाडौं : काठमाडौँ महानगरपालिका अन्तर्गतको सहकारी विभागले स्थानीय तह कर्मचारी युनियन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गर्ने भएको छ । महागरले एक सूचना जारी गर्दै संस्था खारेज गर्न लागिएको जानकारी दिएको हो । 

सहकारी ऐन, २०७४ अनुसार लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको सहकारी संस्थाको दर्ता खारेज गर्न सक्ने प्रावधान रहेको छ । सोही व्यवस्था अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा रहेको स्थानीय तह कर्मचारी युनियन नेपाल बहुउद्देश्यीय सहकारी संस्था खारेज गर्न लागेको हो । 

तसर्थ स्थानीय तह कर्मचारी युनियन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, काठमाडौंले कुनै व्यक्ति वा संस्थालाई भुक्तान गर्नुपर्ने दायित्व वा कुनै व्यक्ति वा संस्थासँग उठाउनुपर्ने ऋण बक्यौता तथा फुकुवा गर्नुपर्ने धितो भएमा १५ (पन्ध्र) दिनभित्र विभागमा सम्पर्क राख्न महानगरले भनेको छ । 

अन्यथा, सहकारी संस्था खारेजी पश्चात् काठमाडौँ महानगरपालिका सहकारी विभागले उक्त सहकारी संस्थासँग सम्बन्धित कुनै पनि दाबी विरोधको जिम्मेवारी बहन गर्न नसक्ने जनाएको छ ।
 

Advertisment

थप समाचार