काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५.६० अंकले बढेर २०६६.१६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ४ अर्ब ४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment