Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने 

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले नविकरण गर्नुपर्ने बीमालेखको मोहलत अवधि नाघी व्यतित भई पुनर्जागरणका लागि तोकिएको प्रक्रिया पुरा गरेका बीमालेखहरुमा छुट दिने भएको हो ।

इन्स्यारेन्सले उक्त बीमालेखहरुमा असार १२ गतेदेखि असार २७ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सूचारु गरेमा बीमालेख नविकरण शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको हो । 

कम्पनीले ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा शतप्रतिशत प्रतिशत, ३ वर्षभन्दा माथी ५ वर्षसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र ५ वर्षभन्दा माथी व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत छुट दिने जनाएको छ । 

यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि २ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । 

यसका साथै एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छुट नदिने कम्पनीको भनाई छ । बीमालेख पुनर्जागरण गर्न अनिवार्य रुपमा आवश्यक अन्डरराइटिङ प्रक्रिया पुरा गर्नुपर्ने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार