Below Menu
Below Menu

सर्वसाधारणमा आईपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो बोर्डको अनुमति 

सर्वसाधारणमा आईपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो बोर्डको अनुमति 

काठमाडौं : रिलायन्स स्पिनिङ मिल्सले सार्वसाधारणमा (आइपिओ) जारी गर्ने बोर्डको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न कम्पनीलाई अनुमति दिएको हो । 

सेबोनले सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता शेयर स्वीकृति दिएको हो । 
बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले शेयर निष्कासन गर्नेछ ।

बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्छ । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो ।

सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 


 

Advertisment