Below Menu
Below Menu

नेप्सेमा सामान्य गिरावट, परिसूचकसँगै घट्यो कारोबार  

नेप्सेमा सामान्य गिरावट, परिसूचकसँगै घट्यो कारोबार  

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ११.६०अंकले घटेर २०६०.१६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ४ अर्ब ४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment