Below Menu
Below Menu

विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा

विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्थाले १५ औं वार्षिक साधारणसभा असार ३० को लागि बोलाएको । संस्थाले धुलिखेल लज रिसोर्टमा असार ३० गते बिहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाबाट सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम छ । साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गर्ने भएको छ । असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन।

Advertisment

थप समाचार