Below Menu
Below Menu

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर बिक्रीमा 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले तीन लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न इच्छ्क व्यक्ति, कम्पनी, संघसंस्थाहरुले असार १६ गतेदेखि असार २३ गतेसम्म आवेदन दिनुपर्नेछ । 

लगानीकर्ताले उक्त समयमा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तला, टेड्र टावर नेपाल, थापाथली ११ काठमाडौंमा आइपुन्जेगरी के कति कित्ता खरिद गर्ने हो रेट खुलाई आवेदन पेश गर्न सक्नेछन् । 

Advertisment

थप समाचार