काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ८.२४ अंक घटेर २०५१.९२ विन्दुमा बन्द भएको शेयर बजार आज प्रि ओपन सेसनमा ०.१९ अंक घटेर २०५१.७३ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ३६ स्टकको ४५ पटकको कारोबारमा ६ लाख ९३ हजार ३२७ रुपैयाँ ५ पैसाबराबरको १ हजार ७७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी एक स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
Advertisment