Below Menu
Below Menu

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदी स्थिर 

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको ।  त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment