Below Menu
Below Menu

श्री लालिगुँरास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

श्री लालिगुँरास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं : ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका चार जना सञ्चालक पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित चार जनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा संस्थाका कोषाध्यक्ष अमृत कुमार अर्याल, सञ्चालक कदमबाबा जोशी प्रधान र सचिव सुरेन्द्र भण्डारी रहेका छन् ।

कार्यालयले थप अनुसन्धानको तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ ।

२०८० चैत १ गते ३ करोड ठगीको आरोपसहित उनीहरूविरुद्ध ललितपुर प्रहरी परिसरमा उजुरी परेको थियो । चैत ३० गते जिल्ला अदालतले पक्राउका लागि अनुमति (पुर्जी) दिएको थियो ।

Advertisment

थप समाचार