काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मुीक्तनाथ कृषि कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ । आज मनकामना स्माट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment