Below Menu
Below Menu

महिला लघुवित्तको करिब दुई लाख कित्ता शेयर बिक्रीमा

महिला लघुवित्तको करिब दुई लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी एक लाख ९९ हजार ४७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न चाहने लगानीकर्ताले बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि असार १७ गतेदेखि साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Advertisment

थप समाचार