Below Menu
Below Menu

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, गठबन्धनबारे छलफल 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, गठबन्धनबारे छलफल 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी  ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उनीहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको  समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको  छलफल अहिले पनि जारी छ । आइतबार पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए । 

Advertisment

थप समाचार