काठमाडौं : सेन्ट्रल फाइनान्स लिमिटेडले साढे दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीको शेयर खरिद गर्न इच्छ्क लगानीकर्तांले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोलल, ललितपुरमा वा सेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्केट्समा खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।
Advertisment