Below Menu

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति तत्काल नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति तत्काल नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरु यही असार १४ गते रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

Sponsored Advertisement

न्यायाधीश अब्दुल अजीज मुसलमानको आजको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । सोही नियुक्तिका लागि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले उक्त प्रक्रिया रद्द गरी पुरानै सदस्यहरु रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समिति समेत गठन गरिसकेको छ । (

थप समाचार