काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिमालयन डिष्ट्रिलरी लिमिटेड रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । आज उपकार लघुवित्त वित्तीय संस्थाको कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment