काठमाडौं : पुनःप्रयोग गर्न सकिने सामान पनि साइटमै पुगेको छ । कुहेर मल हुने कच्चा पदार्थ पनि लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर साइटमा लगिएको छ । यसलाई रोक्न सके मात्र पनि साइटको आयु बढाउन योगदान हुनेछ । उनीहरुले महानगरपालिकाले यस दिशामा काम गरिरहेको उल्लेख गरे ।
उत्पादित फोहर व्यवस्थापनमा व्यक्ति व्यक्तिको दृष्टिकोण तथा व्यवहार परिवर्तन र साझेदारहरुका बिचमा एउटै धारणा निर्माणको कामलाई प्राथमिकता दिने उनीहरुको भनाइ थियो ।
बञ्चरे क्षेत्रमा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, साइटमा पुगेको फोहरको पनि मात्रा घटाउने र यसलाई ग्याँस उत्पादनजस्ता उद्योगको कच्चा पदार्थका रुपमा रुपान्तरण गर्ने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको उनीहरुको भनाइ थियो ।