काठमाडौं : ललितपुर मानभवन स्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव पक्राउ परेका छन्। बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिवअर्पण कवालाई पक्राउ गरेको हो।
बचतकर्ताहरुले २०८० चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्तापछि फरार रहेका उनिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बारा, ललितपुर र भक्तपुरबाट पक्राउ गरेको हो ।
अध्यक्ष महर्जन २०७० सालदेखि सहकारीको अध्यक्षको रुपमा कार्यरत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सहकारीकोसञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिनेजानेका, आफुले भनेको कुरा मान्ने मानिसहरू राखी बचतकर्ताको रकमआफुखुसी लगानी गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनी २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुरमुद्दामा समेत फरार प्रतिवादी हुन् ।
यस्तै, संस्थाका उपाध्यक्ष मलिका महर्जन २०७६ सालदेखि संस्थाको उपाध्यक्ष पदमा कार्यरत र अर्पण कवा २०७६ सालदेखि सचिवपदमा कार्यरत थिए ।
संस्थामा कुल १२ सय बचतकर्ताको ४५ करोड बचत रहेको बुझिएको छ ।
Advertisment