काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशी मुद्रा सञ्चिति थुप्रिदा आर्थिक गतिविधि सुस्तताएको बताएका छन् । महासंघले गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धी अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, 'आयात घट्दा सञ्चितका लागि सुखरवद भएपनि बजार चलायमान हुन सकेन। सञ्चिति हुनु राम्रो हो तर अत्यधिक सञ्चितिले आर्थिक गतिविधि सुस्ताए।'
अर्थतन्त्र संकुचनमा रहेको बताउँदै उनले लगानी नबढ्दा रोजगारीको अवसर खुल्न नसकेको बताए। कोरोना महामारी पछि बजार भाउ बढ्दै गएको उनको भनाइ छ। यसका साथै उनले उत्पादन मुलक उद्योगको क्षमता बढाउनु पर्ने बताए।
बजारमा माग कमि हुँदा उद्योग व्यवसायीको ऋण तिर्ने क्षमतामा कमि आएको उनले बताए। कर्जा प्रवाह आधा मात्र बढेको बताउदै उनले निजी क्षेत्रको मनोबल खस्किदा नयाँ लगानी स्थगन भएको उनले बताए।
खराब कर्जाको डिफल्टले वित्तीय क्षेत्रमा समस्या रहेको समेत उनले बताए। 'व्यवसायीहरूले खराब नीतिले ऋण नतिरेका होइन। परिस्थितिले यस्तो बनायो। मौद्रिक नीति मार्फत सञ्जीवनीको आशा गरिएको छ', उनले भने।
Advertisment