Below Menu
Below Menu

रिलायन्स स्पिनिङ मिल, घोराही र अर्घाखाँची सिमेन्टको लाईन काटियो

रिलायन्स स्पिनिङ मिल, घोराही र अर्घाखाँची सिमेन्टको लाईन काटियो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न अटेरी गर्ने तीन उद्योगको लाइन पुनः काटेको छ । प्राधिकरणले मंगलबार रातिबाट रिलायन्स स्पिनिङ मिल, घोराही र अर्घाखाँची सिमेन्टको लाईन काटेको हो ।

इटहरीस्थित रिलायन्स स्पिनिङ मिलले करिब ७५ करोड ३७ लाख रुपैयाँ, अम्बुवा वितरण केन्द्रअन्तर्गतको अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख रुपैयाँ र नेपालगन्ज वितरण शाखा अन्तर्गतको घोराही सिमेन्टको करिब ५१ करोड रुपैयाँ बक्यौता उठेको छैन ।

प्राधिकरणले यही असार ९ गते १५ दिनको अल्मिेटमसहित बक्यौता तिर्न सम्बन्धित ६१ उद्योगीलाई पत्रचार गरेको थियो । प्राधिकरणले दिएको अल्टिमेटमको अवधि असार २४ गते (सोमबार) सक्किएसँगै मंगलबारबाट लाइन काट्न सुरु गरेको हो । यसअघि पनि २०७६ चैत र २०८० पुसमा बक्यौता बाँकी रहेका उद्योगीहरूको प्राधिकरणले लाइन काटेको थियो ।

सरकारको दबाबपछि काटिएको २० दिनमा २३ उद्योगको लाइन जोडिएको थियो । प्राधिकरणले करिब ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

Advertisment

थप समाचार