Below Menu
Below Menu

भुक्तानी नपाएपछि निर्माण व्यवसायीद्वारा विकासे कार्यालयमा तालाबन्दी

भुक्तानी नपाएपछि निर्माण व्यवसायीद्वारा विकासे कार्यालयमा तालाबन्दी

काठमाडौं : निर्माण व्यवसायीहरुले भुक्तानी नपाएपछि स्थानीय निकाय, प्रदेश र संघका विकासे कार्यालयहरूमा तालाबन्दी शुरु गरेको छ।

निर्माण कार्य सम्पन्न गरे बापतको गत आर्थिक वर्ष २०७९/०८० र चालू आर्थिक वर्ष २०८०/०८१ को ठूलो रकम असार मसान्त भइसक्दा समेत रकमान्तर र भुक्तानी फुकुवा नभएपछि विकासे कार्यालयहरूमा तालाबन्दी शुरु गरेको हो ।

ठूलो मात्राको रकम अझै निकासा नभएको भन्दै नेपाल निमार्ण व्यवसायी महासंघले सरकारको पुनः गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

महासंघले आज पत्रकार सम्मेलन गरी लामो समयदेखि भुक्तानी नपाएको रकमलाई रकमान्तर तथा एलएमबिआईएस (मन्त्रालयगत बजेट सूचना प्रणाली) स्विकृत गरी अहिले सम्मको सबै बाँकी रकम भुक्तानी यही असार मसान्तसम्ममा उपलब्ध गराइदिन अर्थ मन्त्रालय सहितका सम्बन्धित निकाय समक्ष महासंघले पुनः जोडदार माग गरेको छ ।

सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करीब ४० अर्ब र चालू आयोजनाहरूको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकास नभएको कारण लामो समय अघिदेखि बाँकी भएको करीब २० अर्ब गरी व्यवसायीहरूको करीब ६० अर्ब रकम भुक्तान हुनुपर्ने मध्ये विभिन्न विकासे मन्त्रालयबाट करीब ३५ अर्ब मात्र रकमान्तर माग भएको र सो मध्ये करीब १५ अर्ब मात्र रकमान्तर भएको जनाएको छ ।

साथै सो १५ अर्ब रकम रकमान्तर भएको मध्येपनि एक अर्ब १४ करोड इन्ट्री गर्न नभ्याइएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

Advertisment

थप समाचार