काठमाडौं : साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले आजदेखि (असार ३०) एकीकृत कारोबार सुरु गर्ने भएका छन्। दुई कम्पनीले मर्जरपश्चात सम्पदा लघुवित्त वित्तीय स्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १३ गते अन्तिम स्वीकृति दिएको थियो । एकीकृत कारोबारको लागि डाटा माइग्रेसन गर्न असार २९ गते दुबै संस्थाको सम्पुर्ण बैंकिंग कारोबार बन्द भएको थियो ।
मर्जरका लागि लागि यी दुई कम्पनीले वैशाख १२ गते अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।
मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय हाल सबैको लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान बन्दिपुर गाउपालिका वडा नं ३, डुम्रे तनहुँमा रहने छ।
Advertisment