Below Menu
Below Menu

शिवशिखर र तुलसी सहकारीका मार्टबाट सामान उठाउन बचतकर्तालाई समितिको आग्रह 

शिवशिखर र तुलसी सहकारीका मार्टबाट सामान उठाउन बचतकर्तालाई समितिको आग्रह 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापक समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुका लागि सूचना जारी गरेको छ । 

कार्यालयले समस्याग्रस्त उक्त सहकारीबाट सञ्चालित मार्टबाट आफ्नो बचत बराबरको सामान लिन पीडित बचतकर्ताहरुलाई भनेको हो । 

समस्याग्रस्त उक्त संस्थाको लगानीमा रहेका देशका विभिन्न स्थानमा गार्डेन मार्टहरु सञ्चालनमा रहेका छन् । भूमि व्यवस्या, सहकारी तथा गरिवी निवारण मन्त्रालयले भदौ २५ गते समस्याग्रस्त घोषणा गरेपछि सहकारीको दायित्व समिति समक्ष आएको छ । 

सोही अनुसार कार्यालयले आधिकारिक रुपमा दावी पेश गरेका पीडित बचतकर्ताहरु सरोकारवालाहरु वा अन्य व्यक्तिले सामान लिई आफ्नो बचत दावी लिन चाहनेहरुका लागि सूचना जारी गरेको हो । 

कार्यालयका अनुसार बचतकर्ताहरुले १५ दिनभित्र तत् तत् स्थानीय निकाय( गार्डेन मार्ट रहेको महानगर, उप महानगरm नपा र गा पा) को सहकारी शाखामा निवेदन दिनुपर्नेछ । 

Advertisment

थप समाचार