Below Menu
Below Menu

शेयर बजारमा उछाल, साढे सात अर्ब माथिको कारोबार 

शेयर बजारमा उछाल, साढे सात अर्ब माथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा  बन्द भएको थियो ।

आज कारोबारमा आएका २०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको देखिएको छ । आज बजारमा सात अर्ब ६२ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा रिडि पावर कम्पनी र माण्डु हाइड्रोपावर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार