Below Menu
Below Menu

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भोलि अर्थात साउन १ गते बुक क्लोज गर्दैछ। जस अनुसार आज सम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य हुनेछन्।

यस कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो । नेपाल धितोपत्र बोर्डले गत असार १९ गते आँखुखोला जलविद्युतलाई हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको दिएको थियो। 

कम्पनीले यद्यपि हकप्रद शेयर निष्कासनको मिति तय गरेको छैन। कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ ।हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद बिक्री निष्कासन तथा प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

Advertisment

थप समाचार