Below Menu
Below Menu

नेप्सेमा दोहोरो अंकको करेक्सनः साढे आठ अर्ब माथिको कारोबार, अप्पर तामाकोशीको सर्वाधिक शेयर किनबेच 

नेप्सेमा दोहोरो अंकको करेक्सनः साढे आठ अर्ब माथिको कारोबार, अप्पर तामाकोशीको सर्वाधिक शेयर किनबेच 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो  अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा  बन्द भएको थियो ।

आज कारोबारमा आएका ५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने उछाल देखिएको छ । आज बजारमा आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ७ अर्ब ६२ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सिभिल बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज जानकी फाइनान्स कम्पनीको  शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार