काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सरकारको दुई विकास ऋणपत्र सूचीकृत भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निष्काशन भएका १८ अर्ब रूपैयाँ बराबरको ऋणपत्र सोमबार नेप्सेले सूचीकृत गरकेो हो ।
नेप्सेका अनुसार गत जेठ १७ गते निष्काशन भएको ९ अर्ब बराबरको ६ वर्ष अवधिको ५.०८ प्रतिशत र असार १२ गते निष्काशन भएको ९ अर्ब रूपैयाँ बराबरकै ५.१७ प्रतिशत ब्याजदर रहेको ८ वर्ष अवधिको विकास ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।
६ वर्ष अवधिको ऋणपत्रको भुक्तानी २०८७ जेठ १५ गते र ८ वर्ष अवधिको ऋणपत्रको भुक्तानी २०८९ असार १० गते हुने कम्पनीले जनाएको छ ।
Advertisment