झापा : दमक, झापा स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०८०/०८१ मा कुल वासलात १९.९४ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षमा १ अर्ब ९१ करोड ६८ लाख १५ हजार १ सय ८१ रुपैयाँ रहेको संस्थाको कुल वासलात आ.व. २०८०/०८१ मा २ अर्ब ३१ करोड ९ लाख ३८ हजार ८ सय ९९ पुगेको हो । त्यस्तै सेयर पुँजी ९.९१ प्रतिशत, जगेडा कोष २०.९१ प्रतिशत, बचत २९.१८ प्रतिशत, कर्जा लगानी १७.३४ प्रतिशत र सेयर सदस्य संस्था ५१.९८ प्रतिशतले बढेको संस्थाका व्यवस्थापक अरुण भण्डारीले जानकारी दिए ।
२०८०/०८१ सम्म आईपुग्दा सेयर पुँजी १७ करोड ६९ लाख ४२ हजार ३ सय, बचत १ अर्ब ७७ करोड ५८ लाख ६७ हजार १ सय ६० रुपैयाँ, जगेडा कोष ११ करोड ४० लाख ३२ हजार ६ सय ९ रुपैयाँ र सेयर सदस्य संख्या ६ हजार ९ सय ५८ पुगेको भण्डारीले वित्तीय पोस्टलाई जानकारी दिए ।
Advertisment