काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै उक्त निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो ।
कार्यालयको साउन १ गते बसेको बैठकले विभिन्न सार्वजनिक निकायहरुबाट लेखी आएबमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण कम्पनी तथा व्यवसायीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिने नसक्ने कार्यालयले जनाएको छ ।
